सान कराते टोलीको बिदाई

खेलकुद बिज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले उनीहरुलाई बिदाई गरेका हुन्

जनसम्मत
असार २५, २०७६, बुधबार

पोखरा । मित्र राष्ट थाइल्याण्डको बैककमा आयोजना हुने थाइल्याण्ड खुल्ला कराते च्याम्पयनसीपमा सहभागी नेपाली टोलीको विदाई गरिएको छ ।

खेलकुद बिज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले उनीहरुलाई बिदाई गरेका हुन् ।

असारको २५ देखि २९ गतेसम्म आयोजना हुने च्याम्पियनसीपमा सहभागी हुन जाने नेपाली टोलीको नेतृत्व खेलकुद बिज्ञान प्रतिष्ठानका उपनिर्देशक तुलसीकुमार महर्जनले गर्नेछन् । प्रशिक्षकमा रामकृष्ण खड्गी छन् ।

यस्तै, एशियन प्यासिफिक कराते रेफ्री रविन्द्र मानन्धरले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । टोलीमा खेलकुद बिज्ञान प्रतिष्ठानकी सह–लेखापाल ईरा कार्की समेत छिन् । मन्टीकुमार मण्डलले ब्यवस्थापकको रुपमा टिममा छन् ।

च्याम्पियनसीपमा सहभागी खेलाडीहरुमा व्यक्तिगत काताकी विमला नेपाली, सिनियर कुमुतेका अनिष लामा, सिनियर काताका राजकुमार श्रेष्ठ र काता र कुमुतेतर्फका दीपक बिक छन् ।

यू–१४ समूहको काता र कुमुतेतर्फ सञ्जु देशार, कुमुतेका रश्मी पाण्डे, कुमुते र कातातर्फकी कुशुम तामाड, जुनियर कुमुतेका ऋषभराज गिरी, क्याडेट कुमुतेतर्फ सूर्यबिक्रम भण्डारी र कुमुतेकी अश्मिता राई छन् । अश्मिता राष्टिय टिममा परेकी खेलाडी हुन् ।