
त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल घरेलु टोली इन्डोनेसियासँग पराजित भएको छ।
इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा बुधबार भएको खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोलले स्तब्ध बन्यो।
सुरुवाती अग्रता लिएको नेपालले हारमा खेललाई टुंग्यायो।
नेपालले २० औँ मिनेटमा इन्डोनेसियाको आत्मघाती गोल सहयोगमा सुरुवाती अग्रता लिएको थियो।
अनिता बस्नेतले प्रहार गरेको कर्नर बललाई डिफेन्डर विमला विकले फितलो हेडर गरेकी थिइन्।
उक्त हेडर बल बचाउने क्रममा इन्डोनेसियाली डिफेन्डर भीभीले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगिन्।
इन्डोनेसियाले ५८ औँ मिनेटमा बराबरी गोल फर्काएको थियो।
कर्नरबाट आएको बललाई गोलकीपर अञ्जना रानामगरले पञ्चिङ गर्दै बचाउने प्रयासमा फितलो बचाउ गर्दा इन्डोनेसियाले खेलमा फर्कियो।
अञ्जना अगाडि बढेको अवस्थामा अनमार्क रहेकी कप्तान गेअ युमान्डाले सहजै गोल गरिन्।
त्यसपछि, इन्डोनेसियाले ६७ औँ मिनेटमा निर्णायक गोल गरेको थियो।
६७ औं मिनेटमा इन्डोनेसियाले अग्रता लियो।
इन्डोनेसियाका खेलाडीको पहिलो प्रहार अञ्जनाले बचाएपनि राम्रोसँग क्लियर गर्न नसक्दा फर्किएको बललाई उया अलले गोल गरिन्।
नेपाल, इन्डोनेसिया र चाइनिज ताईपेइ सम्मीलित यस प्रतियोगितामा नेपालले अर्को खेल खेल्नेछ।