
नेपाल राष्ट्र बैंकले आज (मंसीर ११, विहीबार) देखि १०० रुपैयाँअंकित दरका नयाँ नोट बजारमा पठाउँदै छ।
नयाँ नोट साबिककै आकार तथा रङमा उपलब्ध हुनेछ ।
संकेत नं. क/२० ०००००१ देखि नं घ/४० ९९९९९९ सम्मका नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाए को छ।
नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र छ।
नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप छ।
नोटको मध्यभागमा नेपालको चुच्चे नक्सा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, नोटको मध्यभागमा अशोकस्तम्भको चित्रका साथै LUMBINI THE BIRTH PLACE OF LORD BUDHDA लेखिएको छ।
अशोकस्तम्भसँगै दृष्टिविहीनलाई नोट पहिचानका निम्ति छामेर थाहा पाउने एउटा कालो थोप्ला र बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र छ।
२ मिमि चौडाई भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो छ।
नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ।
तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ।
नोटको मध्यभागको माथिल्लो खण्डमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको छ।
नोटको मध्यभागमा एकसिङे गैँडाको माउ र बच्चाको चित्रलगायत विशेषता रहेको राष्ट्र बैंकले जनाएको छ।
