नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा श्रेष्ठ

शाखाको छैटौँ अधिवेशन सम्पन्न

जनसम्मत
मंसिर ८, २०८२, सोमबार

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रबिन्द्र श्रेष्ठ चुनिएका छन्।

शाखाको आइतबार टोकियोको मुसासिनो प्यालेसमा सम्पन्न छैटौँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चुनेको हो।

अधिवेशनले आगामी कार्यकाल सन (२०२५ देखि ०२८) का लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमितिसमेत गठन गरेको छ।

जसको २ उपाध्यक्षहरुमा मनिषा चम्लागाई र लक्ष्मी पौडेल निर्वाचित भएका छन्।

सचिवमा अर्जुन लामिछाने छन्।

२ जना सह–सचिवमध्ये विष्ण सापकोटा र फुर्वा शेर्पा छन्।

कोषाध्यक्षमा भुलबहादुर राना निर्वाचित भएका छन्।

त्यसैगरि, कार्यसमितिका सदस्यहरुमा दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन भएका छन्।