‘टाइम्स टप १०० फोटोज’ मा नेपालको पनि २ उत्कृष्ट फोटो

सूचीमा सगरमाथामा आरोहीहरुको भीड र नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबार जल्दै गरेको नेपालका २ तस्वीर

जनसम्मत
मंसिर ११, २०८२, बिहीवार

टाइम म्यागेजिनले सार्वजनिक गरेको सन् २०२५ का उत्कृष्ट १०० तस्वीरमा नेपालका २ तस्वीर पनि परेका छन्।

सगरमाथामा आरोहीहरुको भीड र नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबार जल्दै गरेको नेपालका २ तस्वीर टाइम म्यागेजिनको उत्कृष्ट सूचीमा परेको छ।

‘टाइम्स टप १०० फोटोज अफ २०२५’ शीर्षकमा प्रकाशित १०० वटा तस्वीरको सूचीमा एपीका लागि कुङा शेर्पाले खिचेका सगरमाथामा आरोहीहरुको भीडको तस्वीर र एएफपीका लागि प्रवीण रानाभाटले खिचेका नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबार जल्दै गरेको तस्वीर परेका हुन्।

गएको भदौ २४ गतेको आगजनीका क्रममा जल्दै गरेको सिंहदरबारको र मे १८ मा आरोहण चलिरहँदा सगरमाथाको फोटो खिचिएका हुन्।