
त्रीदेशीय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबलमा नेपाल चाइनिज ताईपेइसँग पराजित बनेको छ।
आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला टोली चाइनिज ताइपेईसँग पराजित भएको हो।
इन्डोनेसियाको योग्याकार्तास्थित मागुवोहर्जो रंगशालामा मंगलबार भएको भएको खेलमा नेपाल ताईपेइसँग १–० गोल अन्तरले पराजित भएको हो।
फिफा वरियतामा आफूभन्दा ४५ स्थान माथि रहेको नेपालले चाइनिज टोलीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा गोल व्यहोर्दै नेपालले खेल गुमायो।
५३ औं मिनेटमा हुआङको गोलबाट चाइनिज ताईपेइले खेलमा खेलमा लिएको थियो ।
नेपाली राष्ट्रिय महिला टोलीले चाइनिज ताइपेईसँग अन्तर्राष्ट्रिय फुटबल खेलेको यो पहिलो पटक हो।
आजको जितसँगै चाइनिज टोली यो मैत्रीपूर्ण श्रृंखलाको उपाधि समेत जित्न सफल बन्यो।
फिफा वरियतामा चाइनिज ताईपेइ टोली ४२ र नेपाल ८९ औं स्थानमा छ।
चाइनिज टोलीले आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै इन्डोनेसियालाई ५–० ले हराएको थियो।
यता, नेपाल भने पहिलो खेलमा आफूभन्दा कमजोर मानिएको इन्डोनेसियासँग २–१ ले हार व्यहोरेको थियो।
नेपाल यसपटक महत्वपूर्ण खेलाडीहरू बिना मैदानमा उत्रिएको थियो।
नेपाली टोलीकी महत्वपूर्ण खेलाडी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा), मिडफिल्डर सवीता रानामगर र डिफेन्डर गीता रानामागर टोलीमा समावेश थिएनन्।
यही खेलमार्फत यु–२० की स्ट्राइकर पूर्णिमा राईले पहिलो अन्तर्राष्ट्रिय क्याप जितिन्।
पूर्णिमाले ८० औं मिनेटमा रश्मिकुमारी घिसिङलाई प्रतिस्थापन गर्दै क्याप जितेकी हुन्।