साफ महिला क्लब च्याम्पियनसीप: बंगलादेशी नासरिनविरुद्ध एपीएफको सानदार जीत

पाकिस्तानको कँराची सिटी फुटबल क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी बराबरीमा रोकियो

जनसम्मत
मंसिर १९, २०८२, शुक्रबार

नेपालको विभागीय एपीएफ क्लबले साफ महिला क्लब च्याम्पियनसीपको आफ्नो पहिलो खेलमा सानदार जीत निकालेको छ।

एपीएफले बंगलादेशी नासरिन स्पोर्र्टस क्लबविरुद्ध ४–० को सानदार जीत निकालेको हो।

जीतसँगै सुरु प्रतियोगिताबाट एपीएफले महत्वपूर्ण ३ अंक जोडेको छ।

शुक्रबार प्रतियोगिताको पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो खेलमा एपीएफलाई जित दिलाउन स्ट्राइकहरु रश्मिकुमारी घिसिङ र मीना देउवाले समान २/२ गोल गरे।

पहिलो हाफमा १ गोलको अग्रता बनाएको एपीएफले दोस्रो हाफमा ३ गोल गर्दै सान्दार जीत हासिल गर्‍यो।

खेलको ‘३७ औं मिनेटमा एपीएफका लागि रश्मी घिसिङले पहिलो गोल गरिन्।

रश्मीको गोल हिराकुमारी भुजेलको क्रस मिना देउवाको ब्याक पासमा सम्भव भएको थियो।

राइट साइडबाट हिराको क्रसलाई रश्मीले बललाई पोस्टको दिशा दिन खोजिन्।

तर, बल अनियन्त्रित रक्षापंक्तिमा अल्झियो।

अल्झिएको बललाई अर्का स्ट्राइकर मीना देउवाले रश्मीलाई ‘ब्याक पास’ खेलिदिइन्।

मिना देउवाबाट प्राप्त ब्याक पास बललाई रश्मीले पहिलो बारको दिशा देखाइन्।

दोस्रो हाफको ७० औं मिनेटमा मिना देउवाले अग्रतालाई दोब्बर बनाइन्।

यो, मिनाको लागि ब्यक्तिगत अन्तर्राष्ट्रिय पहिलो गोल थियो।

त्यसपछि, रश्मीले ८० औं मिनेटमा गोल गरेपछि एपीएफले ३–० को अग्रता लियो।

इन्जूरी समयमा मीनाले फेरि गोल गरिन्।

योसँगै, मिनाले अन्तर्राष्ट्रिय खेलमा आफ्नो २ गोल लेखाएकी छिन।

अब, एपीएफले मंसीर २५ गते आफ्नो दोस्रो खेलमा भुटानको ट्रान्सपोट्र्स युनाइटेड लेडीज एफसीसंग खेल्नेछ ।

त्यस्तै, मंसीर २८ गते पाकिस्तानको कराँची सिटी एफसीसँग खेल्नेछ।

त्यसैगरी, लिग चरणको अन्तिम खेल पुस २ गते भारतको इष्ट बंगालसँग खेल्ने तालिका छ।

 

भुटान र पाकिस्तानको बराबरी

यसअघि, शुक्रबारबाटै सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसीपको उद्घाटन खेलमा भने

पाकिस्तानको कँराची सिटी फुटबल क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले गोलरहित बराबरी खेल्यो।

बराबरी खेलेसँगै उनीहरुले समान १/१ अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानको प्रतिनिधित्व गरिरहेको ट्रान्सपोर्टले पाकिस्तानी लिग च्याम्पियन कराँचीलाई दबाबमा राखेपनि गोल भने गर्न सकेन।

यस प्रतियोगितामा एपीएफ फुटबल क्लब (नेपाल), नासरिन स्पोट्र्स एकेडेमी (बंगलादेश), ट्रान्सपोट्र्स युनाइटेड लेडीज एफसी (भुटान),  इष्ट बंगाल एफसी (भारत) र कराची सिटी फुटबल क्लब (पाकिस्तान) ले प्रतिस्पर्धा गर्दैछ।

लिगमा शीर्ष २ स्थान रहने टोलीले उपाधिका लागि पुस २० गते खेल्नेछन्।

दक्षिण एसियाली राष्ट्रमध्ये श्रीलंका र माल्दिभ्सको भने सहभागिता छैन।