
वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यलाई सरकारले प्रेस काउन्सिलको अध्यक्ष मा मनोनीत गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल मेलमिलाप परिषद्मा विज्ञको रुपमा कार्यरत आचार्यलाई अवको प्रेस काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
उनी यसअघि मेलमिलाप परिषद्मै करिब ३ वर्ष सदस्यको रुपमा कार्यरत थिए।
२०४० सालमा अधिवक्ता भएका उनी २०६९ सालमा वरिष्ठ अधिवक्ता बनेका थिए।
नेपाल बारको उपाध्यक्ष समेत भइसकेका आचार्यसँग २०५१ सालमा बार काउन्सिलको कार्यकारी समितिमा बसेर काम गरेको अनुभव छ।
२०७४ सालमा लुम्बिनी प्रदेशको कानुन आयोगमा उनले डेढ वर्ष काम गरेको थिए।