रोयटर्सको रिपोर्टले भन्छ, ‘ट्वीटर फेरि फर्कन सक्छ’

रोयटर्सका अनुसार, ट्रेडमार्क कार्यालयमा नयाँ स्टार्ट-अपले निवेदन दिएको छ

जनसम्मत
मंसिर २६, २०८२, शुक्रबार

ट्वीटर इन्टरनेट दृश्यमा फेरी फर्कन सक्ने देखिएको छ।

रोयटर्स रिपोर्टका अनुसार, एक स्टार्ट-अप कम्पनी अपरेसन ब्लू-बर्डले अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालयलाई ट्वीटर र ट्वीट ट्रेडमार्क रद्द गर्न अनुरोध गरेको छ।

कम्पनीले एक्स कर्पोरेसनले तिनीहरूलाई त्यागेको दाबी गर्दै स्टार्ट-अपले tiwtter-new भनिने आफ्नो नयाँ सामाजिक सञ्जाल प्लेटफर्मको लागि ‘ट्वीटर र ट्वीट’ भन्ने शब्द प्रयोग गर्न अनुमति समेत मागेको छ।

डिसेम्बर २ मा अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालयमा गरिएको आफ्नो निवेदनमा, अपरेशन ब्लू-बर्डले एक्स कर्पोरेसनले ट्वीटर ब्रान्डलाई पूर्ण रूपमा त्यागेको बताएको छ।

कम्पनीका जनरल काउन्सिल, स्टेफन कोट्स, जो पहिले ट्वीटरमा ट्रेडमार्क वकिल थिए।

स्टेफनले स्पष्ट रूपमा एक्सले कानूनी रूपमा ट्वीटर ट्रेडमार्क त्यागेको दाबी गर्दै निवेदन दिएका छन्।

यो स्टार्ट-अपले एक्स कर्पोरेसनले यी नामहरू व्यावसायिक रूपमा प्रयोग नगरेको हुनाले, आफूलाई यी ट्रेडमार्कहरू प्रयोग गर्न अनुमति दिनुपर्ने दाबी पेस गरेको छ।

२०२२ मा, मस्कले ट्वीटरलाई ४४ अर्ब डलरमा खरिद गरे।

त्यसपछि, यसलाई एक्सको रूपमा पुन: ब्राण्डिङ गरे।

२०२३ मा मस्कले एक्समा पोस्ट गर्दै कम्पनीले बिस्तारै ट्वीटर ब्रान्ड र यसका चराहरूलाई रिटायर गर्ने बताएका थिए।

यसैकारण ट्वीटरको प्रसिद्ध नीलो चरा अब एक्समा देखिँदैन।

ट्वीटर डट कम अब अब एक्स डट कम बनेको छ।

एक्स क्रपले २०२३ मा ट्वीटरको ट्रेडमार्क नवीकरण गरेको थियो।

जुन गत वर्ष मात्र अनुमोदन गरिएको थियो।

रोयटर्सको रिपोर्टअनुसार, बौद्धिक सम्पत्ति विज्ञ जोश गोर्डनले यदि एक्स क्रपले ट्वीटरको ट्रेडमार्क प्रयोग गरिरहेको छैन भने उनीहरूलाई स्वामित्व अधिकार कायम राख्न गाह्रो हुनेछ।

यद्यपि, एक्सले ट्वीटर नाम गुमाएपनि यसले अझैपनि अपरेसन ब्लू-स्टारलाई व्यावसायिक रूपमा प्रयोग गर्नबाट रोक्न सक्छ।

विज्ञहरूले यसलाई एक रोचक मामला भनेका छन् र एक्सले प्रयोग गर्ने इरादा नभएको ब्रान्डमा पैसा खर्च गर्छ या गर्दैन भनेर हेर्न चाहेको बताएका छन्।