
वर्ल्ड पावर लिफ्टिङका च्याम्पियन शर्मिला शाह पोखरामा सम्मानीत भएकी छन्।
वर्ल्ड पावर लिफ्टिङमा महिलातर्फ च्याम्पियन बन्न सफल खेलाडी शाहलाई उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले सम्मान गरेको हो।
हिसान कास्कीले आयोजना गरेको १८ औँ संस्करणको हिसान स्पोर्ट्स् मिटको औपचारीक उद्घाटनको अवसरमा उनलाई सम्मान गरिएको हो।
गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा. ईन्द्रप्रसाद तिवारी, हिसान नेपालका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल र हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीलगायतले नगद २५ हजार रुपैयाँका साथमा सम्मानपत्र, दोसल्लाले उनीलाई सम्मान गरेका हुन्।
श्रीलंकाको राजधानी कोलोम्वोमा हालै मात्र सम्पन्न वर्ल्ड पावर लिफ्टिङमा शाह महिलातर्फ च्याम्पियन बन्न सफल भएकी थिइन्।
यसअघि, १८ औं संस्करणको हिसान स्पोर्ट्स् मिटको विधिवत् उद्घाटन गरे।
स्पोर्ट्स् मिट, यहि पौष ७ गतेसम्म पोखरा रंगशालामा संचालन हुनेछ।
स्पोर्ट्स् मिटअन्तर्गत प्लस टु विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरुको विभिन्न ४ खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिस्पर्धा जारी छ।
निजी शिक्षालयहरूको साझा संस्थाको रुपमा रहेको हिसान कास्कीअन्तर्गत कास्कीमा आवद्ध शिक्षालयहरुमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन्।
हिसान कास्की शाखामा प्याब्सन, एन प्याब्सन, युनिप्सलगायतका संस्थामा आवद्ध विद्यालयहरुको आवद्धता रहेको छ।