
पोखरा–३, नदीपुरस्थित बाल मन्दिर मावि व्यवस्थापन समिति अध्यक्षमा वसन्तलाल कतिला निर्वाचित भएका छन्।
उनको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको नयाँ समिति गठन गरिएको हो।
समिति सदस्यमा वडाध्यक्ष प्रकाशमान उदास छन्।
अन्य सदस्यहरुमा रमणप्रसाद श्रेष्ठ, भरत कतिला, शिव श्रेष्ठ, महेन्द्र गौतम, डोली थापामगर विक, षड्ङ्गराज शर्मा घिमिरे र सुशील बस्नेत छन्।
तीमध्ये भरत स्थानीय निकायबाट मनोनीत हुन् भने शिव चन्दादाता हुन्।
घिमिरे शिक्षक–प्रतिनिधि तथा बस्नेत प्रधानाध्यापक हुन्।
बाँकी सदस्य, अभिभावकहरु हुन्।
बाल मन्दिर मावि पोखरा क्षेत्रकै उत्कृष्टमध्येको एक सरकारी नमुना विद्यालयका रुपमा परिचित छ।