
पोखरा-३, नदिपुरमा पहिलो पटक तायमचा नाच प्रदर्शन गरिएको छ।
गाईजात्रा पर्वको अवसरमा नदीपुर तायमचा समितिले पहिलो पटक सो नाच प्रदर्शन गरेको हो।
हालै गठित सो समितिले यसै वर्षदेखि नाच देखाउन थालेको हो।
वडा कार्यालयबाट सुरु नाच नदीपुर क्षेत्र, नारायणस्थान मन्दिर, पालिखेचोक, तेर्सापट्टी, कोपिलढुंगा, भिसी मार्ग, भैरब मन्दिर, बाल मन्दिर, मीन मार्ट हुँदै सोही स्थानमा आएर समापन भएको समिति अध्यक्ष गौतम उदासले बताएका छन्।
नृत्य गर्नेहरुमा सुकृति ताम्राकार, सुदीज्ञा ताम्राकार, सराहना ताम्राकार, ओसम द्वा, नीया घर्ती, मिजास उदास थिए।
वाद्यवादनमा प्रसिद्ध उदास, सरोज जलारी, समीर उदास, सफल द्वा, शैलेस ताम्राकार र निर्जला ताम्राकार थिए।
समितिले ३१ साउनमा शिशुवामा तायमचा नाच प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ।
नदीपुर तायमचा समितिले आफ्नो संस्कृति युवा पुस्तालाई हस्तान्तरण गर्ने तथा यसमा जागरुक बनाउने लक्ष्य राखेको अध्यक्ष गौतम उदासले बताएका छन्।
जसको उपाध्यक्षमा रवि उदास, सचिव सकेन्द्र ताम्राकार, कोषाध्यक्ष नारायणप्रसाद द्वा, सह–सचिव शान्ति श्रेष्ठ उदास छन्।
सदस्य लक्ष्मी ताम्राकार, गोविन्द पराजुली, राजेन्द जलारी, प्रेम पुन, सुन्दर श्रेष्ठ, सुनिल थापा, राजु कायस्थ, विन्दु पाण्डे, पुष्प उदास, सुदर्शन न्हुच्छे प्रधान, जितेन्द्र ताम्राकार, शिवराम श्रेष्ठ छन्।
सल्लाहकारहरुमा श्रीकृष्ण कतिला, प्रकाश घिमिरे, अनुप बराल, बसन्त उदास, गोविन्द ताम्राकार, आनन्दमान ताम्राकार, दिलीप गिरी, मुकुन्दराज राजभण्डारी, सनकमान सिके, शान्तिदेवी पराजुली, सवि परियार, नवीन आले छन्।