
चलचित्र पत्रकार संघ नेपाल, कास्कीको अध्यक्षमा पत्रकार सन्तोष बस्याल आएका छन्।
संघको छैटौं अधिवेशनले बस्याललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो।
जसको उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सह–सचिवमा सिद्धार्थ गौतम, कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरुमा प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल छन्।
यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा आशिष पुरी र मिलन थापालाई मनोनयन गरिएको संघले जनाएको छ।
नव–निर्वाचित अध्यक्ष बस्यालको नेतृत्व चयनसँगै संघ विदेशिएका अध्यक्षका कारण केही समय नेतृत्व शून्यझैँ बनेको अवस्थाबाट पुन: सक्रियतामा फर्किएको बताए।
संघले अब चलचित्र सम्बन्धी अनुसन्धान, बहस, समीक्षा र प्रवर्द्धन गतिविधि विस्तार गर्ने प्रतिबद्धता जनाएको उनले उल्लेख गरे।