पोखरामा पहिलो पटक आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी आइपुग्यो

भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट औपचारिक रूपमा ट्रफी टुर सुरु गरिएको हो

जनसम्मत
पौष २२, २०८२, मंगलवार

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी पोखरा आइपुगेको छ।

भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी पोखरा आइपुगेको हो।

डीपी वल्र्डको सहकार्यमा ट्रफी टुर कार्यक्रमअन्तर्गत नेपालमा रहेको विश्वकप ट्रफी पोखरा पुर्‍याइएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा ट्रफीलाई प्रदर्शनका लागि राखिएको थियो।

त्यसपछि, पोखरा रंगशालाबाट फेवातालमा लगिएको थियो।

ट्रफी टुर कार्यक्रमअन्तर्गर ट्रफीलाई केहीबेर पोखरामा प्रदर्शनीमा राखेर आजै (मंगलबार) नै काठमाडौं लगिने कार्यक्रम छ।

बुधबारसम्म आयोजना हुने ट्रफी टुरअन्तर्गत काठमाडौंको वसन्तपुर र बौद्धमा ट्रफी प्रदर्शन गरिने कार्यक्रम छ।

यसअघि सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा अनावरण गरिएको ट्रफी साँझ नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष टिमको विश्वकप जर्सी सार्वजनिक गर्ने कार्यक्रममा पनि प्रदर्शन गरेको थियो।

टुरका क्रममा क्रिकेट प्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गरेका छन्।

यसअघि, नेपालमा सन् २०१८ मा ओडीआई विश्वकपको ट्रफी पनि प्रदर्शनका लागि ल्याइएको थियो।

त्यतिबेला काठमाडौं र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो।

टी–२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याइएको हो।

भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट औपचारिक रूपमा ट्रफी टुर सुरु गरिएको थियो।

फोटो फिचर