एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशसँग हार्‍यो

बंगलादेशले नेपाललाई ७ विकेटले हरायो

जनसम्मत
मंसिर २९, २०८२, सोमबार

एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

बंगलादेशले नेपाललाई ७ विकेटले हराएको हो।

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रंगशालामा बंगलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो।

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३० रन बनायो।

१ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले २४ दशमलव ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

बंगलादेशका लागि जावाद अब्रारले ६८ बलमा ७ चौका र ३ छक्काको मद्दतमा अविजित ७० रन बनाए।

यस्तै, कलाम सिद्दिकीले ६६ बलमा ३४ रन जोडे।

बलिङतर्फ नेपालका लागि अभिशेख तिवारी र युवराज खत्रीले समान १/१ विकेट लिए।

त्यसअघि, नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३० रन बनायो।

नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए।

त्यस्तै, आशिष लुहारले २३ रन जोडे।

साहिल पटेलले १८ रनको योगदान दिए।

बलिङतर्फ बंगलादेशका लागि एमडी सोबुजले ३ विकेट लिए।

त्यस्तै, साद इस्लाम, अजिजुल हाकिम र शारहियर अहमदले समान २/२ विकेट लिए।

यसअघि, नेपालले आफ्नो पहिलो खेलमा यही मंसीर २७ गते टेष्ट राष्ट्र श्रीलंकासँग ८ विकेटले हार ब्यहोरेको थियो।