
न्यु डायमण्ड एकेडेमीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसीपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो
सेटमा हराउँदै न्यु डायमण्डले उपाधि जितेको हो।
दर्शकले भरिएको कभर्डहलमा भएको फाइनल खेल निकै रोमाञ्चक बन्यो।
फाइनलमा न्यु डायमण्डले पहिलो सेट २५–१८ ले जीत निकाल्यो।
त्यस्तै, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो।
एनभीए भलिबलको महिलातर्फ न्यु डायमण्ड युथ स्पोट्र्स क्लबकी महत्वपूर्ण खेलाडी प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी बनिन्।
प्रतिभाले नगद २५ हजार रुपैयाँ पुरस्कार जितिन्।
यस्तै अन्य सबैले ट्रफीसहित १५ हजार पाए।
अन्य विधागत पुरस्कारतर्फ पनि न्यु डायमण्डकै वर्चस्व रह्यो।
उत्कृष्ट सर्भरको उपाधि नेपाल पुलिस क्लबकी सरस्वती कँडेलले जितिन्।
त्यस्तै, उत्कृष्ट स्पाइकर एपीएफ क्लबकी निरुता ठगुन्ना बनिन्।
न्यु डायमण्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर बनिन्।
त्यसैगरि, न्यु डायमण्डकै प्रगति नाथ उत्कृष्ट सेटर बनिन्।
न्यु डायमण्डकै सलिना श्रेष्ठले उत्कृष्ट लिबेरोको उपाधि हात पािरन्।
यस्तै, न्यु डायमण्डकै कुमार राई उत्कृष्ट प्रशिक्षक बने।
उनीहरुले, समान १५ हजार पुरस्कार पाए।