
पत्रकारहरु सुमन ढुंगाना, विमल तिवारी र सागर ढकाल पोखरामा सम्मानीत भएका छन्।
पर्यटन क्षेत्रको विकासमा पत्रकारितामार्फत उल्लेखनीय योगदान पुर्याएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पत्रकारत्रयलाई सम्मान गरेको हो।
टान गण्डकीको ३२ औं साधारण सभाको अवसर पारेर उनीहरुलाई सम्मान गरेको हो।
6टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले ट्रेकिङ र समग्र पर्यटन क्षेत्रको विकासमा नेपाली पत्रकारिताको भूमिका निकै उल्लेखनीय रहेको बताए।