
नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ।
कार्यक्रममा बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई संस्थाले यस वर्षको शिक्षा/साहित्यसेवा सम्मान–२०८२ बाट सम्मान गरेको छ।
कोइरालालाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची, उपाध्यक्ष विष्णु पराजुली र कास्कीका अध्यक्ष हेमन्त अधिकारीले नगद २५ हजार नगदसहित सम्मान–पत्र, दोसल्ला ओढाएर सम्मान गरे।
स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एसईई–२०८१ मा सतप्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल विद्यालयहरू सम्मान गरेको छ।
त्यस्तै, एसईई परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी/विद्यालय सम्मान गरेको छ।
यसैगरी, एसईई परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी/विद्यालयलाई दीर्घ सेवापदक–२०८२ बाट सम्मान गरेको छ।
यसैगरी, स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान गरिएको छ।
यसरी, सम्मानीत हुने विद्यालयहरुमा न्यू लिटिल स्टेप सेकेन्डरी स्कुल–२०५७, नेसनल क्रियशन एकेडेमी–२०६३, ओम एकेडेमी–२०६३ र पिक एभरेष्ट बोर्डिङ स्कुल–२०६४ छन्।
एसईई–२०८१ मा सतप्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल विद्यालयहरू अञ्जुली आवासीय मावि, बालप्रतिभा बोर्डिङ स्कुल, हिलसाइड इङ्लिस सेकेन्डरी स्कुल, लाविन रेसिडेन्सियल स्कुल, नेसनल व्रिmयसन एकेडेमी, पुष्पसदन एकेडेमी कास्की, श्री रत्नज्योति मावि र युनिभर्स बोर्डिङ स्कुललाई सम्मान गरेको छ।
एसएलसी परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी/विद्यालय सम्मानमा आशिष गौतम (कास्की मोर्डनाइज्ड एकेडेमी) ३.८५ जीपीए, अलिशा पुन (त्रिवेणी पब्लिक मावि) ३.७८ जीपीए ल्याउने विद्यार्थीलाई समान १०/१० हजार नगदसहित सम्मान–पत्रले सम्मान गरेको छ।
त्यस्तै, एसईई परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी/विद्यालय सम्मानमा दिप्सन घर्ती (कास्की मोर्डनाइज्ड एकेडेमी) ४.०० जीपीए, नितेश थापा (कास्की मोडर्नाइज्ड एकेडेमी) ४.०० जीपीए, सुस्मा खत्री (बड्स एकेडेमी) ४.०० जीपीए, नितु भण्डारी (बड्स एकेडेमी) ४.०० जीपीए र कृतिका बि.क., (लाविन रेसिडेन्सियल स्कुल) ४.०० जीपीए ल्याएका विद्यार्थीलाई समान ५०/५० हजार नगदसहित सम्मान–पत्रद्वारा सम्मान गरेको छ।
त्यसैगरी, दीर्घ सेवापदक सम्मान–२०८२ बाट सम्मान हुनेमा बागमारा एकेडेमिक गार्डेन पोखरा–३३, कास्कीका शिक्षक विष्णुकुमारी अधिकारी, बड्स एकेडेमी पोखरा–६, कास्कीका शिक्षक गीतादेवी डुम्रे, गोर्खा बोर्डिङ स्कुल पोखरा–१६, कास्कीका शिक्षक दिपा थापा, ज्ञानज्योति बोर्डिङ स्कुल माछापुच्छ«े–४ का शिक्षक दुर्गा अधिकारी, ज्ञानज्योति विद्याकुञ्ज मावि पोखरा–३२, कास्कीका शिक्षक मित्रबन्धु सुवेदी छन्।
हेम्जा बोर्डिङ स्कुल पोखरा–२५, कास्कीका शिक्षक रिता देवकोटा पौडेल र कर्मचारी चेतबहादुर कुँवर, कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी पोखरा–१४, चाउथेका कर्मचारी विजय लामा, कास्की मोडर्नाइज्ड एकेडेमी पोखरा–१४, चाउथेका शिक्षक गंगा आले र कर्मचारी विमाया माझकोटी, लेखनाथ मेमोरियल इङ्लिस बोर्डिङ स्कुल पोखरा–२७, कास्कीका शिक्षक पुनम थापा, न्यू लेखनाथ पब्लिक एकेडेमी पोखरा–३०, कास्कीका शिक्षक इन्दिरा सुवेदी, कृष्ण तिवारी, ओम एकेडेमी पोखरा–१७, कास्कीका शिक्षक बिष्णुमाया सुनार, शान्ती थापा, कर्मचारी अमृत वि.क. छन्।
यसैगरी, पिक एभरेष्ट बोर्डिङ स्कुल माछपुच्छ«े, कास्कीका शिक्षक पार्वती भण्डारी गौतम, पुस्पा रिमाल आचार्य, पायेनियर इङ्लिस एकेडेमी पोखरा–१५, कास्कीका शिक्षक रोशनी गुरुङ, पुष्प सदन एकेडेमी पोखरा–१२, कास्कीका शिक्षक अजय थापा र मञ्जु पहारी थापा, सागर मेमोरियल बोर्डिङ स्कुल माछापुच्छ«े–३, कास्कीका शिक्षक बेदकुमार श्रेष्ठ, सिर्जना श्रेष्ठ, लेखापाल सितादेवी श्रेष्ठ छन्।
त्यस्तै, शान्ति बाटिका बोर्डिङ स्कुल पोखरा–३२, कास्कीका शिक्षक राजबन्धु बस्नेत, मिठु मल्ल, शोभा श्रेष्ठ लेखापाल पुष्पाकुमारी थापा कर्मचारी इन्द्रकुमार श्रेष्ठ, सनराइज प्रिपारोटरी स्कुल पोखरा–२४, कास्कीका शिक्षक लोकनाथ लामीछाने, दुर्गा भण्डारी पराजुली, त्रिवेणी पब्लिक मावि पोखरा–२७, कास्कीका शिक्षक खगराज धमला कर्मचारी रिता पुर्जा र श्री रत्नज्योती मावि पोखरा–८, कास्कीका शिक्षक शारदाकुमारी पौडेल छन्।
कार्यक्रममा बौल्दै प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठले एन प्याब्सनले गर्ने हरेक कार्यक्रम उत्कृष्ट रहेको औंल्याए।
सम्मानीत व्यक्तित्व बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालाले पवित्र संस्थाबाट सम्मानीत हुन पाएको भन्दै खुशी व्यक्त गरिन्।
शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले संस्कारयुक्त, प्रतिस्पर्धी, जीवन जिउन सक्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको अैल्याए।
कार्यक्रममा नेसनल प्याब्सनका वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची, उपाध्यक्ष विष्णु पराजुली, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, प्याब्सीयु केन्द्रीय कार्यसमिति अध्यक्ष शिवलाल उपाध्याय, लेखनाथ मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका शिक्षक पुनम थापाले बोलेका थिए।
नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम संचालन गरेका थिए।