
पोखरामा आयोजना हुने साफ–१९ वर्षमुनिको साफ महिला च्याम्पियनसीपको खेल तालिका सार्वजनिक भएको छ।
दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भूटानले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता पोखरा रंगशालामा यही माघ १७ देखि २४ गतेसम्म आयोजना हुनेछ।
सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष २ स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
