आदर्श कप फुटबल: स्याङ्जाको होराइजन क्लब सेमिफाइनलमा  

आयोजक आदर्श क्लब होराइजनसँग १–० ले स्तब्ध

जनसम्मत
माघ १०, २०८२, शनिबार

स्याङ्जको होराइजन क्लबले आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

पोखराको लेखनाथस्थित भण्डारढिक मैदानमा शनिवार भएको खेलमा आयोजक आदर्श क्लबलाई हराउँदै होराइजन क्लबले सेमिफाइनलमा स्थान बनाएको हो।

आयोजक आदर्श क्लब पाहूना टोली होराइजनसँग १–० ले स्तब्ध बन्यो।

हारसँगै आयोजक आदर्श क्लब प्रतियोगिताबाट बाहिरियो।

होराइजनका लागि विश्व थापाले निर्णायक गोल गरे।

विश्वले खेलको  ८१ औ मिनेटमा गोल गरे।

शनिबारको खेलमा विश्व नै म्यान अफ दि म्याच बने।

प्रतियोगिताअन्तर्गत भोली आइतवार पर्वतको गन्नी एफसी र तनहुँ जिल्ला फुटबल संघको टीमबीच खेल हुने आयोजकले बताएको छ।

प्रतियोगिता १६ गतेसम्म चल्नेछ।