
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा महिलातर्फको विभागीय डर्बीमा एपीएफको दोस्रो जीत निकालेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत आफ्नो तेस्रो खेलमा विभागीय सशस्त्र प्रहरी बल एपीएफले आर्मीमाथि ३–० को सोझो सेटमा पराजित गर्यो।
त्रिभुवन आर्मी क्लबको यो लगातार तेस्रो हार हो।
तेस्रो हारसँगै आर्मी फाइनल दौडबाट बाहिरिएको छ।
आर्मी पहिलो खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।
अब, आर्मीले अन्तिम खेल भोलि (मंगलबार) थाइल्याण्ड क्वीन्ससँग भिड्नेछ।
सोमबार बिहान भएको खेलमा आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसीपमा दोस्रो जित दर्ता गर्यो।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसीपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्।
सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष २ मा रहने टोली उपाधिका लागि भिड्नेछन्।