
छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसीपमा महिलातर्फको फाइनल समिकरण पूरा भएको छ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताको बुधबारको विभागीय डर्बीमा सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले ३–० को सोझो सेटमा जीत हासिल गरेसँगै नेपाल पुलिसले न्यु डायमण्डसँग फाइनलमा भेट पक्का गरेको हो।
पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो।
पुलिसकी मिना सुनार ‘प्लेयर अफ दी म्याच’ बनिन्।
त्यस्तै, आज नै भएको दोस्रो खेलमा न्यु डायमण्डले थाइल्याण्ड क्वीन्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
न्यु डायमण्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो।
न्यु डायमण्ड अपराजित रहँदै फाइनलमा पुगेको छ।
न्यु डायमण्डको अपराजित यात्रामा कुल १२ अंक प्राप्त गर्न सफल भयो।
थाइल्याण्ड पराजित भएसँगै ४ खेलबाट ७ अंक जोडेको पुलिस फाइनलमा प्रवेश गरेको छ।
थाइल्याण्डले ४ खेलबाट ६ अंक प्राप्त गर्न सफल रह्यो।
अब, उपाधिका लागि न्यु डायमण्ड र नेपाल पुलिस क्लब भिड्नेछन्।
तेस्रो स्थानका लागि थाइल्याण्ड क्वीन्स र विभागीय सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिष्पर्धा हुनेछ।
तेस्रो स्थानका लागि बिहिबार र फाइनल खेल शुक्रबार हुनेछ।
छैटौँ एनसेल टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ ५ टिमले प्रतिस्पर्धा गरेको थियो।
जसमध्ये, नेपाल आर्मी बाहिरिएको छ।