टाइगर कप: विभागीय डर्बीमा आर्मीको रोमाञ्चक जीत

माल्दिभ्सविरुद्ध पुलिसको सहज जीत, पुलिसको फाइनल खेल्ने संभावना कायमै

जनसम्मत
माघ १५, २०८२, बिहीवार

विभागीय त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा रोमाञ्चक जीत निकोलेका छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत विहीबारको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध ३–२ सेटको रोमाञ्चक जीत निकाल्यो।

पहिलो सेट २५–१९ ले जितेको आर्मीले दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पियो।

चौथो सेटमा आर्मीले पुन: २५–१७ को जीत निकाल्दा खेल पाँचौं सेटमा धकेलियो।

पाँचौं सेटमा १८–१६ ले जीत निकाल्दै आर्मीले खेल आफ्नो पक्षमा पार्‍यो।

आर्मी र एपीएफले समान ७ अंक जोडेका छन्।

सेटका आधारमा अघि हुँदा आर्मीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न पाउनेछ।

 

माल्दिभ्सविरुद्ध पुलिसको सहज जीत

 

च्याम्पियनसीप अन्तर्गत आज (विहीबार) नै भएको पुरुषतर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एशोसियसनविरुद्ध सहज जीत निकालेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपको खेलमा पुरुषतर्फ पुलिसले माल्दिभ्सलाई ३–० को सोझो सेटमा जीत निकाल्यो।

पुलिसले पहिलो सेट २५–११, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्‍यो।

जीतसँगै पुलिसले फाइनल पुग्ने संभावना कायमै राखेको छ।

५ खेलबाट पुलिसले १० अंक जोडेको छ।

समान ४ खेल खेल खेलेको गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन्।

गण्डकी र पर्वतले शुक्रबार आमने–सामने हुँदैछन्।

कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जीत निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन्।

उक्त खेल पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ।

च्याम्पियनसीपअन्तर्गत भोलि (शुक्रबार) २ खेल हुनेछन्।

पहिलो खेल महिलातर्फ उपाधिका लागि न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लब खेल्नेछन्।

उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ।

त्यसपछि, पुरुषतर्फको समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबीचको खेल हुनेछ।

गण्डकी र पर्वतको खेल दिउँसो १ बजेबाट सुरु हुने तालिका छ।

उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ।

५ खेलबाट पुलिसले १० अंक जोडेको छ।

समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन्।

गण्डकी र पर्वतको टोली शुक्रबार आमने–सामने हुँदैनेछन्।

कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जीत निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन्।

उक्त खेल पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटका आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसीपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको प्रतिस्पर्धा थियो।