विभागीय पुलिसलाई हराउँदै न्यु डायमण्डले जित्यो टाइगर कप महिलातर्फको उपाधि

विभागीय पुलिस उपविजेता, न्यु डायमण्डकै सुमित्रा रेग्मी, ‘मोस्ट भ्यालूएबल प्लेयर’

जनसम्मत
माघ १६, २०८२, शुक्रबार

न्यु डायमण्ड स्पोर्टस क्लबले छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीप महिलातर्फको उपाधि जितेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सम्पन्न च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधि जित्यो।

न्यु डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो।

उपाधिसँगै न्यु डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पार्‍यो।

फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो।

तेस्रो बनेको थाइल्याण्ड क्वीन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो।

सुमित्रा रेग्मी, ‘मोस्ट भ्यालूएबल प्लेयर’

 

न्यु डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै ‘मोस्ट भ्यालूएबल प्लेयर’ बनिन्।

उनले २६ हजार ६६६ रुपैयाँ पुरस्कार जितिन्।

न्यु डायमण्डकै प्रतिभा माली बेस्ट सर्भर’ बनिन्।

न्यु डायमण्डकै प्रगती नाथ ‘उत्कृष्ट सेटर’ बनिन्।

न्यु डायमण्डकै सुनिता खत्री ‘उत्कृष्ट ब्लकर’ बनिन्।

न्यु डायमण्डकै प्रशिक्षक कुमार राई ‘उत्कृष्ट प्रशिक्षक’ बने।

पुलिसकी शान्तिकला तामाङ ‘उत्कृष्ट लिवेरो’ बनिन्।

थाइल्याण्ड क्वीन्सकी पथैया ‘उत्कृष्ट स्पाइकर’ बनिन्।

विधागततर्फका उत्कृष्ट उनीहरुले जनही ११ हजार ६६६ हात पारे।