विभागीय पुलिसलाई हराउँदै गण्डकीले जित्यो टाइगर कप पुरुषतर्फको उपाधि

विभागीय आर्मीलाई सोझो ३ सेटमा हराउँदै पर्वत भलिबल संघ तेस्रो

जनसम्मत
माघ १७, २०८२, शनिबार

गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपको पुरुषतर्फको उपाधि जितेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसीपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जित्यो।

पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका ३ सेटमा पुनरामगन जीत निकाल्यो।

गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जीत निकाल्यो।

उपाधीसँगै गण्डकीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पार्‍यो।

फाइनलमा पराजित भएको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो।

तेस्रो भएको पर्वत जिल्ला भलिबल संघले २ लाख ६ हजार ६६६ रुपैयाँ पुरस्कार पायो।

तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।

पर्वतले पहिलो सेट २५–१९, दोस्रो सेट २९–२७ र तेस्रो सेटमा २५–१३ ले सहज जीत निकाल्दै तेस्रो स्थान हासिल गर्‍यो।

गण्डकीका मुस्ताफा खान ‘मोस्ट भ्याल्यूएबल प्लेयर’

 

गण्डकीका मुस्तफा खान प्रतियोगिताकै ‘मोस्ट भ्याल्यूएबल प्लेयर’ बने।

मुस्तफाले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरे।

त्यसैगरी, विधागततर्फ गण्डकीकै अद्नान खान ‘उत्कृष्ट सर्भर’ बने।

गण्डकीकै बलराम गुरुङ ‘उत्कृष्ट सेटर’ बने।

गण्डकीकै फकर राजा ‘उत्कृष्ट ब्लकर’ बने।

गण्डकीकै प्रशिक्षक रमेश केसी ‘उत्कृष्ट प्रशिक्षक’ बने।

पर्वतका फकर वाट्टु ‘उत्कृष्ट स्पाइकर’ बने।

नेपाल पुलिसका भीमबहादुर गाहा ‘उत्कृष्ट लिबेरो’ बने।

विधागत उत्कृष्ट खेलाडीहरुले जनही ११ हजार १११ रुपैयाँ पुरस्कार पाए।

महिलातर्फको उपाधि भने न्यु डायमण्ड स्पोर्टस क्लबले जितेको थियो।

जसमा नेपाल पुलिस क्लब उपविजेता र थाइल्याण्ड क्वीन्स तेस्रो बन्यो।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु च्याम्पियनसीपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको प्रतिस्पर्धा थियो।