साफ यु–१९ महिला च्याम्पियनसीप: घरेलु नेपाल भारतसँग पराजित

उद्घाटन खेलमा बंगलादेशले भूटानलाई १२–० गोलको फराकिलो अन्तरले हरायो

जनसम्मत
माघ १७, २०८२, शनिबार

साफ यु–१९ महिला च्याम्पियनसीपमा आफ्नो पहिलो खेलमा घरेलु नेपाल भारतसँग पराजित भएको छ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो।

आज (शनिबार) नै भएको पहिलो उद्घाटन खेलमा बंगलादेशले भूटानलाई १२–० गोलको फराकिलो अन्तरले हराएको छ।

अब, नेपालले आफ्नो दोश्रो खेलमा पर्सि (सोमवार) भूटानसँग खेल्नेछ।

सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष २ स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

फाइनल खेल माघ २४ गते हुनेछ।

प्रतियोगितामा १९ वर्षमुनिको घरेलु नेपालसहित भारत, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्दैछ।

हेरौं, खेल तालिका