
‘एक्जिट पोल’ चलाउने ६ वेबसाइट बन्द गराउन नेपाल दूरसंचार प्राधिकरणलाइ निर्वाचन आयोगले पत्र पठाएको छ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल गराउने वेबसाइटहरु बन्द गर्न आयोगले प्राधिकरणलाई पत्र पठाएको हो।
आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईकाअनुसार निर्वाचनको प्रक्षेपण गर्ने वेबसाइटहरु बन्द गर्न पत्र पठाइएको हो।
हेरौं, आयोगले बन्द गर्न पत्र पठाएका वेबसाइटहरु
रेट माइ नेता (ratemyneta.com)
एक्जिट पोल नेपाल (exitpollnepal.com),
नेपाल पोल (Neppoll.com)
एचओआर २०२६ (Hor-2026.vercel.app)
नेपाल राइटस् (elections.nepalwrites.com)
पोलिमार्केट (Polymarket.com/event/Nepal-house-of-representatives-election-winner)
त्यस्तै, कान्तिपुर मिडिया ग्रुपले संचालन गरेको (rate.ekantipur.com) वेब पोर्टलमा गरिरहेको एप्रुभल रेटिङ आचारसंहिता विपरीत भएको भन्दै आयोगले नेपाल प्रेस काउन्सिलाई पत्र काटेको छ ।