महिला फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

नयाँ वरीयतामा नेपाल १०१ औं स्थानमा छ, अघिल्लो महिना नेपाल १०३ औं स्थानमा थियो, अघिल्लो महिना नेपालले पाँच स्थान सुधार गरेको थियो, एसियाको वरीयतामा नेपाल २१ औं स्थानमा छ

जनसम्मत
असार २८, २०७६, शनिबार

पोखरा । फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।

नयाँ वरीयतामा नेपाल १०१ औं स्थानमा छ । अघिल्लो महिना नेपाल १०३ औं स्थानमा थियो । अघिल्लो महिना नेपालले पाँच स्थान सुधार गरेको थियो । एसियाको वरीयतामा नेपाल २१ औं स्थानमा छ ।

यस्तै, दक्षिण एसियाको वरीयतामा नेपाल दोस्रो स्थानमा छ । नेपाल अघि भारत ५७ औं स्थानमा छ । दक्षिण एसियामा बंगलादेश १३० औं, श्रीलंका १३६ औं, माल्दिभ्स १३९ औं र भुटान १५४ औं स्थानमा छ ।

नयाँ वरीयतामा विश्व विजेता अमेरिका शीर्ष स्थानमा रहेको छ । यस्तै, जर्मनी दोस्रो, नेदरल्याण्ड तेस्रो, फ्रान्स चौंथो र इङ्ल्यान्ड पाँचौ स्थानमा छन् ।