
साफ यु–१९ महिला च्याम्पियनसीपमा आफ्नो दोश्रो खेलमा नेपालले भूटानलाई हराएको छ।
पोखरा रंगशालामा आज (सोमबार) भएको खेलमा नेपालले भूटानलाई २–१ गोलले पराजित गरेको हो।
पहिलो खेलमा नेपाल भारतसँग १ गोलले र भूटान बंलादेशसँग १२ गोलको फराकिलो अन्तरले हारेको थियो।
आज भएको पहिलो खेलमा बंगलादेशले भारतलाई २–० गोलले हरायो।
यस्तै, प्रतियोगितामा बंगलादेशले लगातार २ खेल जितेको छ।
सबै टोलीले २ खेल खेलेका छन्।
लगातार २ खेलमा जीत निकालेको बंगलादेश ६ अंकसहित शीर्ष स्थानमा छ।
समान खेलमा ३ अंकसहित नेपाल दोश्रो स्थानमा छ।
३ अंकसहित भारत तेश्रो स्थानमा छ।
अंकविहिन हुँदै भूटान अंक तालिकाको पुछारमा छ।
अब, नेपालले समूह चरणको आफ्नो अन्तिम तथा तेश्रो खेलमा पर्सि (बुधवार) बंगलादेशसँग खेल्दैछ।
सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष २ स्थानमा रहने टोलीबीच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ।