
बंगलादेशसँग हारेसँगै नेपाल १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीपको फाइनलमा पुग्न असफल भएको छ।
पोखरा रंगशालामा आज (बुधबार) भएको लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४–० को गोल अन्तरले पराजित भयो।
प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो।
त्यस्तै, दोस्रो खेलमा नेपालले भुटानलाई २–१ गोलले हराएको थियो।
अब, १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीपको उपाधिका लागि बंगलादेश र भारतबीच फाइनल प्रतिस्पर्धा हुनेछ।
आज नै भएको पहिलो खेलमा भारतले भूटानलाई ८–० गोलले हरायो।
बंगलादेश लगातार तेस्रो जीतका साथ अपराजित रहँदै फाइनल पुगेको हो।
त्यस्तै, भारत तालिकाको दोस्रो स्थानमा रहेर फाइनलमा पुगेका हो।
फाइनल खेल आउँदो शनिवार हुनेछ।
४ टोली सहभागी प्रतियोगितामा भुटान अंकविहीन हुँदै पुछारमा रह्यो।