भारतले जित्यो साफ यु–१९ महिला च्याम्पियनसीपको उपाधि

बंगलादेशकी अल्पी अख्तर प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’

जनसम्मत
माघ २४, २०८२, शनिबार

भारतले साफ यु–१९ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

पोखरा रंगशालामा आज (शनिबार) सम्पन्न फाइनल खेलमा साविक विजेता बंगलादेशमाथि ४–० गोलको फराकिलो अन्तरको जीत निकाल्दै भारत च्याम्पियन बनेको हो।

बंगलादेशलाई हराउन कप्तान जुलन नोङमाइथेम, एलिजाबेथ लाक्रा, पर्ल फर्नान्डेज र अन्विता रघुरमनले गोल गरे।

पहिलो हाफमा १ गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्यो।

बंगलादेशकी अल्पी अख्तरले प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ को टाइटल जितेकी छिन्।

यस्तै, अल्पी प्रतियोगिताकी ‘सर्वाधिक गोलकर्ता’ समेत बनिन्।

भारतकी मुन्नी बन्दाले ‘उत्कृष्ट गोल रक्षक’को टाइटल जितिन्।

त्यस्तै, भारतले ‘फेयर प्ले अवार्ड’ पाएको छ।

गत माघ १७ गतेदेखि संचालन भएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी ४ टोलीले प्रतिस्पर्धा गरे थियो।