‘आउन माया’ गीत सार्वजनिक

म्युजिक भिडियोमा पुष्प खड्का र सृष्टि खड्काको फिचर्ड रहेको छ

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । गायिका तथा सञ्चारकर्मी योजना पुरी र विरेन्द्र श्रेष्ठको ‘आउन माया’ बोलको गीतलाई म्युजिक भिडियोमार्फत सार्वजनिक गरिएको छ ।

सुरेन्द्र बस्यालले कोरियोग्राफी गरेको म्युजिक भिडियोमा पुष्प खड्का र सृष्टि खड्काको फिचर्ड रहेको छ ।

अम्बिका गुरुङको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन् । यस गीतमा राजकुमारीको मनभित्रको ईच्छालाई प्रस्तुत गर्न खोजिएको छ । जसमा दरबारको कथालाई देखाइएको छ । गीतमा राजकुमारी सृष्टिको मायामा पुष्पाको एकोहोरो प्रेम देखाउन खोजिएको छ । गीतलाई निशान काश्यपले निर्देशन गरेका हुन् ।