नेपाल पुलिस क्लब काभा महिला भलिबलको दोस्रो खेलमा पराजित

इरानी क्लब फौलादले नेपाल पुलिससँग ३–० को सोझो सेटमा जीत दर्ता गर्‍यो

जनसम्मत
माघ २४, २०८२, शनिबार

काभा महिला क्लब भलिबल लिगअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पुलिस क्लब पराजित भएको छ।

माल्दिभ्सको मालेमा (शुक्रबार) सम्पन्न खेलमा पुलिस इरानी क्लब फौलादसँग ३–० को सोझो सेटमा हार ब्यहोर्न बाध्य भयो।

पहिलो सेटमा पुलिस २५–१४ र दोस्रो सेटमा २५–१५ ले पराजित भयो।

प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा भने पुलिसले केही सुधारिएको प्रदर्शन गरेपनि २५–१८ ले हार्दै जारी प्रतियोगितामा पहिलो हार व्यहोरेको हो।

उता, यो जितसँगै फौलादले प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गरेको छ।

पुलिस च्याम्पियनसीपको साविक विजेतासमेत हो।