बजारमा ‘मायाको चिनो’

गीतको भिडियोमा समाजसेवी शाञ्जे गुरुङ र मोडल अनुसूया ठकुरीको अभिनय रहेको छ

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । चर्चित गायक आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत ‘मायाको चिनो’ को भिडियो बजारमा छाएको छ ।

ङ्वा फिङ््गु पाख्रिनको शब्द तथा संगीत रहेको उक्त गीतको निर्माण शिव बिकेले गरेका हुन् । अजय रेग्मीको छायांकन रहेको भिडियोमा मिलन बिके र पदम सुवेदीले सम्पादन गरेका छन् ।

लोक भाकामा सार्वजनिक भएको उक्त गीतको भिडियोमा समाजसेवी शाञ्जे गुरुङ र मोडल अनुसूया ठकुरीको अभिनय रहेको छ । संगीतमा आफ्नो संघर्ष लामो भएको र यो गीतबाट आफूमाथि उठ्ने विश्वास गायक रिमालको भनाई छ । यसअघि, गायक रिमालको गीत ‘सिन्की अचार’ बजारमा निकै चर्चित बनेको थियो ।

भिडियोमा अभिनय गरेका समाजसेवी गुरुङ देशका बिभिन्न स्थानमा रहेका जीर्ण मठ मन्दिर पुनर्निर्माणमा सकृय छन् । मोडलिङ आफ्नो रुचीको क्षेत्र भएकाले यसै गीतमार्फत मोडलिङ क्षेत्रमा पाइला चालेको उनको भनाई छ ।