असोजमा ‘गीत गजल’ को प्रदर्शन

चलचित्र असोज २४ मा देशभरका हलहरूमा प्रदर्शनमा आउने भएको हो

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । नेपाली चलचित्र ‘गीत गजल’ले रिलिज हुने मिति तोकेको छ ।

नितिन चन्दको निर्देशनमा निर्माण भएको चलचित्र असोज २४ मा देशभरका हलहरूमा प्रदर्शनमा आउने भएको हो ।

‘गीत गजल’लाई आरोहण क्षत्रीले निर्माण गरेका हुन् । रूप पोख्रेल र आरोही सिंह चलचित्रको मूख्य भूमिकामा देखिनेछन् । यस चलचित्रबाट रुप र आरोहीले फिल्ममा डेब्यू गरेका हुन् ।

चलचित्र निर्माण पक्षले केही दिनमा ‘गीत गजल’को पहिलो अफिसियल गीत ‘छ कि छैन, तिमीलाई थाहा’ सार्वजनिक गर्ने तयारीमा छ ।

जसमा सुरेश लामा र अन्जु पन्तको स्वर रहनेछ । ‘गीत गजल’मा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तमबहादुर नेपाली र तेञ्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मूख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।