गण्डकी प्रदेशसभा सांसद रेशमबहादुर जुग्जालीले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका

सगरमाथा हिँड्न खोजेको गण्डकीको बजेट तर हिन्दसागरतिर पो पुग्यो त !

जनसम्मत
असार ९, २०८२, सोमबार

गण्डकी प्रदेशका सांसद रेशमबहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेश सांसद जुग्जालीले सोमबार बजेट पुस्तिका च्यातेका हुन्।

पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका जुग्जालीले बजेट पूर्वाग्राही भएको भन्दै पुस्तिका च्यातेका हुन्।

अहिलेको बजेटबाट सबैभन्दा बढी देवीदेवता नै खुसी भएको हुनसक्ने भन्दै कटाक्ष गरे।

अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउने भन्दै विनियोजित बजेटमाथि पनि प्रश्न गरे।

उनले गण्डकीको बजेट सगरमाथा हिँड्न खोजेको तर हिन्दसागर तिर पुगेको टिप्पणी पनि गरे ।