आयोजक सहारा क्लब आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

भोलि (विहीबार) जावलाखेल युथ क्लब र उज्वेकिस्तानको पाहूना टोली आभा फुटबल क्लबले प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल्दैछन्

जनसम्मत
फागुन ६, २०८२, बुधबार

आयोजक सहारा क्लबले आहा ! रारा गोल्ड कपको फाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ट्राइबेकरमा ७–६ ले पराजित गर्दै साहरा उपाधिनजिक पुग्यो।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा दुवै टोलीबीचको प्रतिस्पर्धा निकै कडा रह्यो।

निर्धारित समयमा दुवै पक्षले गोलका अवसर सिर्जना गरेपनि नतिजा निकाल्न सकेनन्।

त्यसपछि, खेलको निर्णय ट्राइबेकरमार्फत भयो।

ट्राइबेकर सुटआउटमा आयोजक सहाराले निर्णायक अग्रता लियो।

सहाराका सबै प्रहार सफल रहे।

सहाराका शुसिल लामा, बिक्की चाम्लिङ राई, आशिष गुरुङ, मुकुन्दकुमार न्युरे, शिशिर थापा, विनय तामाङ र प्रशन्न श्रेष्ठले गोल गरे।

मनाङका आशिष श्रेष्ठ, गिडियन नोआ क्येरेमेह, रोनिश ढोके राजभक्त, दिपेश गुरुङ, ज्ञानबहादुर पुलामी र नवराज गुरुङले गोल गरे।

मनाङका कप्तान सविन खड्काको ट्राइबेकर सुटआउट खेर गयो।

सहाराका कीपर टिकेन्द्र थापाले सविनको ट्राइबेकर सुटआउट रोक्न सफल रहे।

सहाराका विदेशी खेलाडी टाए डिनियल बडारु ‘म्यान अफ दी म्याच’ बने।

भोलि (विहीबार) जावलाखेल युथ क्लब र उज्वेकिस्तानको पाहूना टोली आभा फुटबल क्लबले फाइनलका लागि दोस्रो सेमिफाइनल खेल खेल्नेछन्।