
जावलाखेल युथ क्लव आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ।
१४ वर्षपछि जावलाखेल यस प्रतियोगिताको फाइनल पुगेको हो।
२०६८ सालमा फाइनल यात्रा तय गरेपनि उपाधिबाट भने जावलाखेल बञ्चित भएको थियो।
त्यसबेला, फाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग जावलाखेल १–० ले पराजित हुँदै उपबिजेता बनेको थियो।
सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको खेलमा जावलाखेल उपहार गोलको मद्दतमा प्रतियोगिताको फाइनलमा प्रवेश गर्यो।
विदेशी पाहुना टोली आभा एफसी उज्वेकिस्तानसँगको प्रतिस्पर्धात्मक खेलमा जावलाखेललाई भाग्यले साथ दियो।
गोलको खडेरी परिरहेका बेला जावलाखेलले ५२ औं मिनेटमा उपहार गोल पायो।
विपक्षी टिममाथि दबाब बढाउने क्रममा जावलाखेलका धर्बेन्द्र कुँवरले बायाँसाईडबाट क्रस गरेको बललाई उज्वेकिस्तानका कुसान गानीजानोभले आत्मघाती गोल गरे।
जसको मद्दतमा जावलाखेललाई उन्मुख गरायो।
विपक्षी खेलाडीसमेत नभएको समयमा गानीजानोभले बल क्लियर गर्न खोज्दा बलले सिधै जाली चुम्न पुग्यो।
६० औं मिनेटमा १० खेलाडीमा सीमित बनेको जावलाखेलले अग्रता कायम राखेपछि उसले फाइनल यात्रालाई सुरक्षित गरायो।
अब, जावलाखेलले आयोजक सहारा क्लब पोखरासँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ।