‘म यस्तो गीत गाउँछु–२’ को शुभमुहूर्त

‘म यस्तो गीत गाउँछु २’ आगामी फागुन २३ गतेदेखि प्रदर्शनमा आउने निश्चित भइसकेको छ

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । ‘म यस्तो गीत गाउँछु २’ को शुभमुहूर्त गरिएको छ ।

सुदर्शन थापाले निर्देशन गर्ने सिनेमा ‘म यस्तो गीत गाउँछु २’ को गोरखा मनकामना मन्दिरमा शुभमुहूर्त गरिएको हो ।

सिनेमामा यसअघिको प्रिक्वेलमा रहेका कलाकार पूजा शर्मा र पल शाहको जोडी नै दोहोरिने भएका छन् । सिनेमाको मुहूर्तपछि पूजा र पलले सँगै फोटो खिचाएका छन् । लामो समयदेखि यो जोडी सिनेमामा रहने वा नरहने चर्चाबीच अन्ततः सिनेमामा पल नै छानिएका हुन् ।

सुदर्शनले गएको २ वर्ष अगाडि घोषणा गरेको सिनेमा ‘म यस्तो गीत गाउँछु २’ आगामी फागुन २३ गतेदेखि प्रदर्शनमा आउने निश्चित भइसकेको छ । सिनेमाको छायांकन भने दशैंपछि सुरु हुने निर्देशक सुदर्शनले बताएका छन् ।

‘सिनेमा म यस्तो गीत गाउँछु २’ को घोषणा भएसँगै यसको चर्चा बढेको छ । अझ, फिल्ममा मुख्य कलाकार पल शाह र पूजा शर्मा नै हुने भएपछि दर्शकमा कौतुहलता बढेको छ ।

सिनेमा ‘म यस्तो गीत गाउँछु २’ को घोषणा गर्ने कार्यक्रममा अभिनेता र अभिनेत्रीका लागि मनकामना मन्दिरसम्म हेलिकप्टर नै चार्टर गरिएको थियो । सिनेमाको निर्माण टिमले यति धेरै खर्च गरेर पल र पूजालाई काठमाण्डौबाट मनकामना पु¥याएको थियो । भदौबाट यस चलचित्रको छायांकन शुरु गरिने समाचार छ ।