
कास्कीले प्रधानमन्त्री (पीएम) कप गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको उपाधि जितेको छ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबार पोखरामा सम्पन्न फाइनल खेलमा कास्कीले नवलपुरलाई ४८ रनले पराजित गरेको हो।
यो जीतसँगै पीएम कप छनौट एक दिवशीय क्रिकेटमा कास्की लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।
कास्कीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४० रनको योगफल तयार पार्यो।
२४१ रनको लक्ष्य पाएको नवलपुर ४३.२ ओभरमा अलआउट बन्दै १९२ रनमै समेटियो।
कास्कीको जीतमा अर्जुन कुमाल शतक पूरा गर्दै नायक बने।
अर्जुनले उत्कृष्ट सतकीय इनिङ खेल्दै १३१ बलमा टोलीलाई सर्वाधिक १११ रनको योगदान दिए।
उनले ९ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै, सुभाष भण्डारीले ५३ बलमा ४२ रन बनाए।
अन्तिम समयमा कृष्ण पौडेलले आक्रामक ब्याटिङ गर्दै १४ बलमा २७ रन जोडे। कप्तान बिपिन खत्री भने २ रनमै आउट भए।
नवलपुरका अपराजित पौडेल र कमल परियारले समान २/२ विकेट लिए।
मुन्ना नेपाली र सुदीप अर्यालले समान १/१ विकेट लिए।
यसअघि, पहिले ब्याटिङ गरेको नवलपुरले ठूलो साझेदारी गर्न सकेन।
नवलपुरका लागि दीपक डुम्रेले ३६ रनको योगदान दिए।
कप्तान कमल परियारले २९ बलमा ३८ रनको संघर्षपूर्ण इनिङ खेले।
गौरव विश्वकर्माले सर्वाधिक २६ रन बनाए।
अनिश गुरुङले १५ रन जोडे।
कास्कीका बीम्यानले ४ विकेट लिए।
बिपिन खत्री र सुभाष भण्डारीले समान समान २/२ विकेट लिए।
सिब्रिन श्रेष्ठले १ विकेट हात पारे।
कास्कीका अर्जुन कुमाल प्रतियोगिताको ‘प्लेयर अफ दी सिरिज’ बने।
अर्जुन, उत्कृष्ट व्याटर समेत घोषित भए।
अर्जुनले प्रतियोगितामा २ सतकसहित ३२७ रन बनाए।
यस्तै, कास्कीका विपिन खत्री उत्कृष्ट बलर बने।
उनले कूल १२ विकेट लिएका थिए।
नेपाल क्रिकेट संघ (क्यान) का सदस्य सुदिप शर्मा, गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, उपाध्यक्ष प्रकाश पौडेल, सचिब सुमनराज कार्की, कोषाध्यक्ष दिवाकर थापा, प्रतियोगिता छनौट समितीका संयोजक रेशम केसी, क्यानका पूर्व सदस्य ऋषीराम गौतम, होटल पौवाका जेनरल म्यानेजर केशव भण्डारी, एक्स टेपका ब्राण्ड म्यानेजर शम्भु अधिकारी लगायतले प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे।
गत फागुन २८ गतेबाट सुरू प्रतियोगितामा गण्डकीका ६ जिल्लाको सहभागिता थियो।