‘यो माया कस्तो माया’ को ‘हुन्न है’ गीत सार्वजनिक

प्रेमकथामा आधारित फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत, शिवानी मोक्तान तथा उदीपध्वज थापाको स्वर छ

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । किशान पोखरेलको निर्देशनमा तयार भएको फिल्म ‘यो माया कस्तो माया’ले प्रचार प्रसारको थालनी गरेको छ ।

निर्माण युनिटले राजधानीमा एक कार्यक्रमबीच फिल्मको ‘हुन्न है’ बोलको गीत सार्वजनिक गरेको हो ।

फिल्मको प्रदर्शन लागि मिति अझै तय हुन सकेको छैन । राम्रो मितिमा फिल्म रिलिज गर्न बितरकसँग छलफल भइरहेको निर्देशक किशान पोखरेलले बताएको छ ।

प्रेमकथामा आधारित फिल्मको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, शिवानी मोक्तान तथा उदीपध्वज थापाको स्वर छ । गीतका शब्द अम्बिका शर्माले कोरेकी हुन् । फिल्मका कलाकारहरुमा दिवस धिताल र रीतु पौडेल गीतमाथि फिचरिङ गरेका छन् ।

कर्ण थापा र बाबु गौतम कार्यकारी निर्माता रहेको फिल्मको निर्माताहरुमा इन्द्र रजक, समृद्धि श्रेष्ठ, बिशाल गुरुङ, कमलचन्द्र पोखरेल र गोबिन्द बर्देवा छन् । युवराज केशरी, सुन्दर श्रेष्ठ, लय संग्रौला, सुमित डंगोल, तारा केशी, तुलसा शर्मा, शंकर महर्जन समेतले फिल्ममा अभिनय गरेका छन् ।