चलचित्र ‘साइनो’ को ट्रेलर सार्वजनिक

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । नेपाली चलचित्र ‘साइनो’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

नेपालकी प्रथम नायिका भुवन चन्द थापाले पहिलो पटक निर्माण गरेको चलचित्र ‘साइनो’ को ट्रेलरको बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । ट्रेलरमार्फत फिल्मको मूल कथा प्रस्ट्याउन खोजिएको हो । ट्रेलरमार्फत फिल्मको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ ।

फिल्ममा अभिनेत्री मिरुना मगरको भूमिका बलशाली रहेको ट्रेलरमा देखिन्छ । अभिनेत्री मिरुना अभिनीत पछिल्लो फिल्म ‘रोज’ हो ।
फिल्मका निर्देशक रमेश थापा हुन् । फिल्ममा नवअभिनेता राजकुमार र अभिनेत्री नीता ढुंगानाको प्रमूख भूमिका छ । मिरुना र नीतासँग राजकुमारको प्रेम र रोमान्सलाई ट्रेलरमा विशेष स्थान दिइएको छ । चलचित्रमार्फत प्रेममा जातिययताको सम्बन्धलाई देखाइएको छ । ‘साइनो’ आउँदो साउन २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धर्मेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको समेत अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म ‘साइनो’ रामेश्वर कार्कीले छायांकन गरेका हुन् । बनिश शाहले सम्पादन गरेको ‘साइनो’ चलचित्रमा रोशन विक्रम भट्टराईले द्वन्द्व निर्देशन गरेका छन् ।