
कस्केली अधिकृत समाजको कार्यसमिति बैठकले समाजका संरक्षक एवं सल्लाहकार चयन गरेको छ।
समाजको आठौं अधिवेशन पछिको पहिलो बैठकले समाजका संरक्षकहरुमा शिवप्रसाद पराजुली र कृष्णकान्त सिग्देललाई चयन गरेको छ।
बैठकले समाजको सल्लाहकारहरूमा दुर्गाबहादुर शाह (बाबा), देबेन्द्र केसी, प्रेमप्रकाश गौतम, भगवान पन्त, विष्णुप्रसाद बराल, ऋषिराम लामिछाने र लोकनाथ दवाडीलाई चयन गरेको समाजका सचिव महेश पौडेलले जानकारी दिएका छन्।
त्यस्तै, कार्यसमितिको सदस्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ मेडिकल रेकर्डर अधिकृत भीम पौडेललाई चयन गरिएको छ।
बैठकले नयाँ वर्ष २०८३ को क्यालेन्डर प्रकाशनका लागि सचिव महेश पौडेलको संयोजकत्वमा शीला बराल सापकोटा, अमृत कंडेल, अनिल सुवेदी र सन्ध्या पौडेल रहेको उपसमिति गठनसमेत गरेको छ।
त्यस्तै, समाजले वर्षेनी गर्दै आएको पर्यटन प्रवर्द्धनात्मक भ्रमण कार्यक्रमका लागि सह–सचिव वासुदेव पौडेलको संयोजकत्वमा अनिलकुमार शाही, वसन्त चालिसे, मैया पराजुली र चन्द्रवती अधिकारी सदस्य रहेको उपसमितिसमेत गठन गरेको छ।
बैठकमा समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एवं अधिकृत आवाज अंक ११ को लोकर्पण कार्यक्रममा साथ र सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापनसमेत गरेको छ।
समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको सभापतित्व एवं सचिव महेश पौडेलले संचालन गरेको बैठकमा समाजका विगतका कार्यक्रमको समीक्षासहित आगामी कार्ययोेजनालगायतका विषयमा पदाधिकारी तथा सदस्यले आ–आफ्ना धारणा राखेका थिए।