
गण्डकी प्रदेश सरकारले आगामी नयाँ बर्ष २०८३ सालका लागि सार्वजनिक बिदाको अबधि बढाउने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै असार २९ गते भानु जयन्ती, कार्तिक ८ गते कोजाग्रत पूर्णिमा र माघ १२ गते गण्डकी प्रदेश स्थापना दिवस दिन गरी ३ दिन प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय सार्बजनिक गरेको हो।
मन्त्रिपरिषद्को २०८२ चैत ३ गते बसेको बैठकले यी बिदाहरु दिने निर्णय गरेको थियो।
यो निर्णय गण्डकी प्रदेशभित्र रहेका संघीय सरकारका कार्यालय, सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा लागु हुने चैत ५ को मितिमा जारी राजपत्रमा उल्लेख छ।
प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्र रहेर यी थप बिदाहरुको व्यवस्था गरेको हो।
गण्डकी प्रदेशमा रहेका संघीय सरकारका कार्यालयसमेतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा संवत २०८३ सालमा बिदा दिने गरी निर्णय भएको छ,’ जारी राजपत्रमा भनिएको छ।