नेपाली फिल्म ‘सानो मन’ देशभर प्रदर्शन

फिल्म ‘सानो मन’ देशभरको मल्टी प्लेक्स र सिंगल थिएटरको ७० हलबाट रिलिजमा आउन लागेको हो

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । प्रेमकथामा आधारित फिल्म ‘सानो मन’ शुक्रबारदेखि नेपालभर रिलिज भएको छ।

नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्केको प्रमुख भूमिका रहेको फिल्म ‘सानो मन’ देशभरको मल्टी प्लेक्स र सिंगल थिएटरको ७० हलबाट रिलिजमा आउन लागेको हो ।

फिल्ममा आयुष्मान र शिल्पाका साथमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट, देवकुमार श्रेष्ठलगायतको मुख्य भूमिकामा अभिनय छ ।

सुयोग गुरुङद्वारा निर्देशित फिल्म ओपिजी फिल्म्स, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धरद्वारा निर्मित फिल्ममा समीर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन, आलोक शुक्लाको छायांकन तथा सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।