यु–२० साफ च्याम्पियनसीपमा नेपालको लगातार दोस्रो जीत

श्रीलंकालाई १–० ले हराउँदै नेपाल सेमिफाइनल नजिक

जनसम्मत
चैत्र ११, २०८२, बुधबार

नेपालले माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसीप फुटबलमा लगातार दोस्रो जीत निकालेको छ।

यो जीतसँगै नेपाल जारी यु–२० साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनल नजिक पुगेको छ।

माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंशालामा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई १–० गोलले हरायो।

नेपालको जीतमा सुवास बमले निर्णायक गोल गरे।

समूह ‘ए’ मा रहेको नेपालको यो लगातार दोस्रो जीत हो।

यसअघि, पहिलो खेलमा नेपालले भुटानमाथि २–१ गोलको जीत निकालेको थियोे।

अब, नेपालले समूहको अन्तिम खेल मार्च २७ मा माल्दिभ्ससँग खेल्नेछ।

श्रीलंकाले भने पहिलो हार खेपेको छ।

पहिलो खेलमा श्रीलंकाले घरेलु माल्दिभ्सलाई ३–२ गोलले हराएको थियो।

समूह ‘ए’ मा नेपाल, भुटान, आयोजक माल्दिभ्स र श्रीलंका छ।

यस्तै, समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छ।

राउन्ड रोबिन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।