
माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसीपमा नेपाल अपराजित रहदैँ सेमिफाइनलमा सेमिफाइनल पुगेको छ।
च्याम्पियनसीपको समूह ‘ए’ को प्रतिस्पर्धामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा शुक्रबार भएको राउन्ड रोबिन लिको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्ससँग १–१ को बराबरी खेलेपछि नेपाल समूह विजेताका रूपमा अन्तिम ४ मा स्थान बनाउन सफल भएको हो।
खेलको सुरुआतमा भने माल्दिभ्स हाबी देखियो।
खेलको १५ औं मिनेटमा कप्तान मोहम्मद इमरानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।
त्यसपछि, नेपालले खेलमा सुधार गर्दै लगातार आक्रमणहरु बुनिरह्यो।
निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा नेपालले महत्वपूर्ण बराबरी गोल फर्कायो।
सुवास बमले प्रहार गरेको फ्रिकिक बललाई निशानराज लावतले सदुपयोग गर्दै जाली चुमाए।
खेल १–१ को अवस्थामा पुग्यो।
यस नतिजासँगै नेपालले समूह चरणका ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थान बनायो।
यसअघि, नेपालले भुटान र श्रीलंकामाथि जीत दर्ता गर्दै सेमिफाइनल यात्राको संभावना जगाएको थियो।
यता, ३ अंकसहित दोस्रो स्थानमा रहेको श्रीलंकाले आज भुटानलाई पराजित गरेपनि समूह विजेता बन्न सक्ने संभावना समाप्त भएको छ।
घरेलु माल्दिभ्स भने ३ खेलबाट २ अंकमै सीमित रह्यो।