
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी वैशाख १८ गते आयोजना गर्ने १० औं पोखरा स्पोर्टस् अवार्डको तयारी थालेको छ।
सोमबार मञ्चको आयोजनामा अवार्ड तयारीका लागि सदस्यहरु तथा पत्रकारसम्बद्ध संघसस्थाहरुका प्रतिनिधिबीच भेला आयोजना गर्यो।
मञ्च अध्यक्ष एमबी आस्थाको अध्यक्षतामा बसेको भेलाले विभिन्न १० उपसमिति गठन गरेको महासचिव परशुराम शर्माले जानकारी दिएका छन्।
अवार्डको मूल आयोजक समिति संयोजकमा अध्यक्ष एमबी आस्था तथा सह–संयोजकमा उपाध्यक्षद्वय राजाराम पौडेल र उमा आले छन्।
मञ्चका पूर्व अध्यक्षहरु तथा हालका सल्लाहकार एवं कानूनी सल्लाहकारलाई अवार्डको सल्लाहकारमा चयन गरिएको छ।
अन्य उपसमिति आवश्यकता बमोजिम थप गरिने जनाइएको छ।
मञ्चले यसपालि लाइफटाइम अचिभमेन्ट अवार्डसहित ८ विधामा अवार्ड प्रदान गर्दैछ।
जसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार, वर्ष उत्कृष्ट खेल संघसंस्था र पपुलर च्वाइसका अवार्डहरु छन्।
ठिक एक महिनापछि हुने उक्त अवार्र्ड खेलाडी सम्मानमा गण्डकीकै ठूलो इभेन्ट हो।