‘बैंसको चुरीफुरी’ बोलको रमाइलो गीत सार्वजनिक

मोडल कमलसिंह र श्रेया कार्की फिचर्ड रहेको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । ‘बैंसको चुरीफुरी’ बोलको रमाइलो गीत सार्वजनिक भएको छ ।

मोडल कमलसिंह र श्रेया कार्की फिचर्ड रहेको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडीयोमा मोडल कमल र श्रेयाको जोडी निकै सुहाएको छ । रोमान्टिक शैलीको गीतमा स्वर तथा संगीत शिशिर काफ्लेको रहेको छ । शब्द शिशिर बुढाथोकीको छ । गीतलाई एरेन्ज रोमी बस्नेतले गरेका छन् । म्युजिक भिडियोमा बुद्ध थापाको छायाँकन, कमल खड्काको कोरियोग्राफी, विकास धमलाको सम्पादन रहेको छ ।