फरक धारको तिज गीत ‘नाच दिदी वहिनी’बजारमा

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । यस वर्ष नेपाली नारीहरुको महान पर्व तिज आउन अझै डेढ महिना बाँकी छ ।

तर, कलाकारहरुलाई भने तिज गीतको रन्कोले छोइसकेको छ । केही कलाकारहरुले तिज गीतलाई बजारमा ल्याइसकेका छन् । केही कलाकारहरु गीतको तयारीमा छन् । केही कलाकारहरु भने यसपालीको तिजमा कसरी फरक ढंगले गीत मार्फत प्रस्तुत हुने भन्ने सोंचमा छन् ।

तिजकै सन्दर्भमा यस वर्ष ड्रिम्स गेट इन्टरटेन्टमेन्टले विलकुलै फरक धारको नयाँ गीत ‘नाच दिदी वहिनी’ बजारमा ल्याएको छ । कलसी रोकायाको गीत तथा संगीतमा मेलिना राईको स्वरले भरिएको उक्त गीतको म्युजिक भिडियो शुक्रबार मात्रै रिलिज भएको हो । ‘गलबन्दी’ की मोडल अञ्जली अधिकारीको विशेष अभिनय रहेकोको यस तिज गीतमा विशेषत महिला प्रहरीको कथा–व्यथालाई तिज विशेषका रुपमा फरक ढंगवाट प्रस्तुत गरिएको छ ।

कृष्ण बाजुरालीले मिक्सिङ गरेको गीतमा विनय कार्की क्षत्रीको एरेञ्ज रहेको छ । हिट ‘गलबन्दी’ मोडल अञ्जली अधिकारीको अलावा गीतमा नविता, नविका र कैलाशको बेजोड अभिनय रहेको छ । गीतको सम्पादन गिरिश रिजाल ‘समिप’ले गरेका छन् । नृत्य निर्देशन अनिश खत्री, मेक–अप चाँदनी गिरी, छायांकन दीपक गिरी र निर्देशन गौरव गिरीको रहेको छ ।